गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु

0
70

थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ ।अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पुर्याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका थिए ।सरकारी अधिकारीहरुका अनुसार उनी स्वेच्छाले उद्धार अभियानमा सामेल भएका थिए । ’उत्तरी थाइल्याण्डमा रहेको एक गुफाभित्र १२ दिनदेखि १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका छन् । गुफाभित्र बाढीको पानी पसेपछि उनीहरु निस्कन सकेका छैनन् । उनीहरुलाई बाहिर निकाल्नका लागि उद्धार टोली खटिरहेको छ ।गुफाभित्र थुनिएको नवौं दिन उनीहरुलाई उद्धारकर्मीको एक टोलीले फेला पारेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here