Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु

विराटनगर, ८ जेठ । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको आज बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था हिजोदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।‘

क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको आज बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ ।

मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button