Tune to BFM 91.2|Biratnagar

गैरजिम्मेवार बोलीले भारत र नेपाली जनताबीच तिक्तता बढ्यो : डा. शेखर

विराटनगर, १ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिब्यक्तिहरुप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

विराटनगरमा आज नेपाल ईम्ब्रोडरी तथा हेण्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघको अधिवेशनका क्रममा नेता कोइरालाले प्रधानमन्त्रीको गरिमामय महत्वलाई ध्यानमा राखेर अभिव्यक्ति सार्वजनिक गर्नुनै उत्तम हुने सुझाव दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिको विषयमा दिएको अभिव्यक्तिमा असन्तुष्टि जाहेर गरेका नेता कोइरालाले जिम्मेवार पद धारण गरेको व्यक्तिले प्रमाण पुर्याएर सार्वजनिक रुपमा बोल्नु उचित हुने बताउनु भयो ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभासदस्य केदार कार्कीले सरकार जनताको काममा भन्दा पनि अधिक भ्रष्टाचारमा डुबेको आरोप लगाउनु भयो । कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले मुलुकमा सुशासन र समृद्धि कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले खबरदारी गरिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button