Tune to BFM 91.2|Biratnagar

गोरुको मासुसहित तीन जना पक्राउ

विराटनगर, ८ भदौ । प्रहरीले गोरुको मासुसहित मोरङको लेटाङबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ का ६३ वर्षीय जेबी भनिने जीतबहादुर राई, २३ वर्षीय जीवराज तामाङ र २१ वर्षीय ध्यानबहादुर राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले गोरु काटेर मासु भाग लगाउँदै गरेको भेटेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनु भयो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लगभग ४० किलो गोरुको मासु पनि बरामद गरेको छ ।

तीनै जनाविरुद्ध पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button