Tune to BFM 91.2|Biratnagar

गोरु काट्दै गर्दा चार जना पक्राउ

विराटनगर, २८ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खोलाको किनारमा गोरु काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा चार जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षीय नवीन तोलाङ्गी, २७ वर्षीय प्रकाश पाँचकोटी, ५१ वर्षीय बलबहादुर सार्की र राजन तोलाङ्गी रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार पक्राउ परेकाहरुको साथबाट लगभग ३५ किलोग्राम गोरुको मासु बरामद भएको छ ।

प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेर हिरासतमा राखिएका उनीहरुविरुद्ध पशुपंक्षी सम्बन्धी कसूरमा कारबाही अघि बढाइने ढकालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button