ग्यास आन्दोलन उद्योग केन्द्रीत

0
142

 

विराटनगर, २४ पुस । विराटनगरका ग्यास विक्रेताले आजबाट उद्योग केन्द्रीत आन्दोलन सुरु गरेका छन् । उनीहरुले आजबाट ग्यास उद्योगमा धर्ना दिन सुरु गरेका छन् । कमिसन बढाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले अवको आन्दोलन उद्योग केन्द्रीत हुने जानकारी पनि दिएका छन् । चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको बिक्री बन्द गरेर आन्दोलनमा उत्रिएका बिक्रेताले दोस्रो चरणको आन्दोलनलाई उद्योग केन्द्रीत गरेका हुन् । उनीहरुले ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेका हुन । एलपी ग्यास विक्रेता संघको अगुवाईमा सुरु भएको आन्दोलनमा यसक्षेत्रका डिलरहरुको समेत समर्थन रहेको छ । संघ सम्बद्ध पदाधिकारीले आज मोरङको बुढीगंगा गाउँपालिका हात्तिमुढास्थित कोशी ग्यास उद्योग अगाडि धर्ना सुरु गरेका छन् । आन्दोनलमा समर्थन र सहयोग गरिरहेको ग्यास बिक्रेता महांसघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले साँझ ४ बजेसम्म दैनिक धर्ना दिने र यो अवधिमा उद्योगबाट ग्यासको आपूर्ति हुन नदिने रणनीति रहेको बताउनु भयो । उहाँले आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने जानकारी दिनु भयो । श्रेष्ठका अनुसार बिक्रेताले विगत १५ वर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छन् । यत्तिका लामो समयदेखि ग्यासको कमिसन बढाउन सरकार,नेपाल आयल निगम र स्वयम् उद्योगीले पनि चासो नदिएको गुनासो बिक्रेताको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here