ग्रीसलाई हराउँदै बेल्जियम विश्वकप फुटबलका लागि छनोट

0
12082

काठमाडौं, १९ भदौ । ग्रीसलाई हराउँदै बेल्जियम अर्काे वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।गए राति भएको खेलमा ग्रीसलाई २÷१ ले हराएपछि बेल्जियम विश्वकपमा छानिने आयोजक रुसपछिको पहिलो युरोपियन टोली बनेको हो । खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टाेङ्गन र रोमेलु लुकाकुले एक–एक गोल गरे । ग्रीसका लागि भने गोन्काल्भेस रोड्रिग्वेजले पहिलो गोल गरेका थिए । युरोपेली समुह एच मा दुई खेल खेल्न बाँकी छँदै बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको हो । ८ खेलबाट बेल्जीयमको २२ अंक भएको छ भने दोस्रो स्थानको बोस्निया हर्जगोभिनाको १४ अंक मात्रै छ । विश्वकप छनोटअन्तर्गत गए राति भएका अन्य खेलहरुमा स्विडेनले बेलारुसलाई ४–० ले हराउँदा नेदरल्याण्ड्सले बुल्गेरीयालाई ३–१ ले तथा पोर्चुगलले हंगेरीलाई १–० ले हराएका छन् । फ्रान्सलाई भने लक्जेम्बर्गले गोलरहित बराबरीमा रोकेको छ । स्विट्जरल्याण्डले लात्भियालाई ३–० ले पराजित गर्दा क्रोएशियाले कोसोभोमाथि १–० को जित निकालेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here