घरेलु मदिरा र डिजेल बरामद

0
173

विराटनगर, २३ माघ । मोरङको इलाका प्रहरीले कार्यालय रंगेलीले घरेलु मदिरा र तस्करीको डिजेल बरामद गरेको छ । डेढ महिनाको अवधिमा कानेपोखरी, रमाईलो, जहदा, दलेली लगायतका स्थानबाट दुई हजार लिटर घरेलु मदिरा बरामद गरेको हो । अवैध रुपमा बनाएर विक्रीका लागि लैजाँदै गरेको अवस्थामा मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीववावू खड्काले बताउनु भयो । उहाँका अनुसार अवैध रुपमा नेपालबाट भारततर्फ लगिंदै गरेको अवस्थामा पाँच सय लिटर डिजेल समेत बरामद गरिएको छ । नेपालमा भन्दा भारतमा महँगो पर्ने भएका कारण नेपालबाट भारततर्फ डिजेल तस्करी हुने गरेको प्रहरीले जनाएको छ । घरेलु मदिरा र डिजेल गरेर एक लाख ५० हजार भन्दा बढी मूल्यको रहेको जानकारी प्रहरीले दिएको छ । बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगर र डिजेल विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here