Tune to BFM 91.2|Biratnagar

घर जग्गा व्यवसायी संघ मोरंगद्धारा मालपोत कार्यालयमा तालाबन्दी

विराटनगर, २६ भदौ । भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयको निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आज भूमीसुधार तथा मालपोत कार्यालय मोरङमा तालाबन्दी गरेको छ ।

चरणबद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज १ घण्टा कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको व्यवसायी संघका मोरङ अध्यक्ष घनस्याम पोखरेलले बताउनुभयो । भूउपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रहेर जग्गाको कित्ताकाट संवन्धि व्यवस्था खुलाउन मालपोत कार्यालयहरुलाई निर्देशन दिएपछि निर्णय कार्यान्वयन नगरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

सरकारी निकायहरु सरकारको निर्णय कार्यान्वयन गर्नुको सट्टा उल्झन खडागरि आनाकानी गर्ने गरेको उहाँले बताउनुभयो । ३७ महिनादेखि जग्गाको कित्ताकाट रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खर्वैं लगानी जोखिममा रहेको पोखरेलले बताउनुभयो ।

आईतबार देखि मालपोत कार्यालय पूर्णरुपमा बन्द गरिने समेत उहाँले चेतावनी दिनुभयो । भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयले भूउपयोग नियमावली नबन्दै भदौ १८ गते जमिनको कित्ताकाट खोलेको थियो ।

तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितले २०७४ साउन २६ गतेदेखि जग्गाको कित्ताकाट रोक्ने निर्णय गर्नुभएको थियो । जग्गाको कित्ताकाट खुलाउनेबारे भदौ २२ गते जारी गरेको सूचनाबारे विवाद भएपछि भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयले पुनः अर्काे पत्र सार्वजनिक गरेको छ ।

भदौ २५ गते जारी अर्काे पत्रमा स्थानीय तहले आफ्नो कानूनबनाएर मापदण्ड निर्धारण गरेको भए सोही अनुसार र स्थानीय तहमा कानून नबनेको अवस्थामा भूमि सम्बन्धी नियमावली २०२१ अनुसार स्थानीय तहको सिफारिसमा जग्गाको कित्ताकाट गर्न पाउने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button