चन्दा संकलन गर्ने ५ जना पक्राउ

0
283

सुनसरीको धरानमा चन्दा संकलन गर्दै हिँडेका मंगोल नेशनल अर्गनाइजेसनका पाँचजना कार्यकर्तालाई प्रहरीले पक्राउ परेका छन् । धरान उपमहानगर १५ सदन चोक क्षेत्रमा चन्दा उठाउँदै हिँडेका काजीराम राई, नरेन्द्र थुलुङ, दिलु राई, प्रेमकुमार लिम्बू र रमा राईलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दालाई कोसी पारि खेतीयोग्य जमिन उपलब्ध गराइदिने भन्दै चन्दा संकलनमा उनीहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । यसैबीच, इटहरी उपमहानगरपालिका ४ मा नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराज ढकाल र उनकी पत्नी वीरता ढकाल रहेको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here