चाँदीका मर्ती र विभिन्न सामग्री सहित पक्राउ

0
64

विराटनगर, २१ असोज । चाँदीबाट बनेका मुर्ती र पुजामा प्रयोग गरिने विभिन्न सामग्री सहित विराटनगरबाट पक्राउ परेका एक जना भारतीय नागरिकलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले भारत जोगवनी १ का १९ वर्षीय दीपककुमार साहलाई हिजो विराटनगर १५ हुलासमेटलबाट पक्राउ गरेको थियो । चाँदीका मुर्ती र विभिन्न सामग्री शरीरमा कपडाले बाँधेर ल्याउँदै गरेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले हिजो साँझ पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले साहका साथबाट दुई किलो एक सय ६२ ग्राम चाँदीबाट निर्मित सामग्री फेला पारिएको बताउनु भयो । साहका साथबाट चाँदीबाट निर्मित गणेशको मुर्ती नौ वटा, लक्ष्मीको मुर्ती आठवटा, २२ वटा चम्चा, १० वटा आचमनी, नौ वटा पञ्चपात्रो, २९ वटा छत्री, छ वटा माछा बरामद गरिएको एसपी बिसीले बताउनु भयो । बरामद गरिएका सबै सामान पुजापाठमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीमा बुझाइने जानकारी उहाँले दिनु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुजामा प्रयोग गरिने मुर्ती र विभिन्न सामग्री बनाएर चाँदी भारतबाट नेपालतर्फ तस्करी हुन थालेको खुलेको छ । एसपी बिसीले नजिकिंदै गरेको दिपावलीमा विक्री गर्नका लागि चाँदीका तयारी सामग्री तस्करी गरिएको हुन सक्ने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here