चिसोले जनजीवन प्रभावित

0
42

विराटनगर, १९ पुस । विराटनगर लगायत पूर्वी नेपालमा चिसोका कारण जनजीवत प्रभावित बनेको छ । एक्कासि मौसम चिसिए पछि जनजीवन कष्टकर बन्दै गएको हो । आज यस वर्षको अहिले सम्मकै बढी चिसोको महसुस गरिएको छ । सर्वसाधारणले ठिहीको अनुभव गर्न थाले पनि उनीहरुलाई चिसोबाट जोगाउने कुनै कार्यक्रम संचालन हुन सकिरहेको छैन । चिसोका कारण अरु दिनको तुलनामा बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको भीड कम भएको छ । सडकमा सवारी साधन पातलिएका छन् । बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि कतिपय ठाउँमा मानिसहरु आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका छन् । सितलहर पनि चल्न थालेको छ । चिसोका कारण घरवार विहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्नेहरुको कन्तविजोग भएको छ । हावापानी कार्यालय विराटनगरका अनुसार विराटनगरमा हावामा आद्रता पनि घटेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here