चीनमाथि अमेरिकाको नयाँ अंकुश

0
85

अमेरिकाले चीनबाट आयात हुने २ खर्ब डलर मूल्यका सामानमाथि नयाँ कर लगाउने तयारी गरेको छ । सेप्टेम्बरबाट लागु गर्ने तयारी भएको नयाँ कर प्रणालीले दुई मुलुकबीचको ब्यापार युद्धलाई झनै बढाउने विष्लेषण गरिएको छ । दुबै देशले ३४ अर्ब बराबरको सामाग्रीमाथि नयाँ कर प्रणाली लागु गरेको केही दिन पछि नै अमेरिकाले आफ्नो नयाँ रणनीति सार्वजनिक गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले जवाफि रणनीति अपनाए नयाँ कर प्रणाली लागु गरिने बताउनुभएको छ । करको दायरामा ल्याईने ६ हजार सामाग्रीको सूची समेत तयार पारिएको छ । १० प्रतिशत कर लगाउने नयाँ नीतिबारे जनताको प्रतिक्रियाका लागि अगष्ट सम्मको समय रहने छ । दुई आर्थिक शक्तिबीचको ब्यापार युद्धका कारण एशियाली स्टक मार्केटमा समेत गिरावट आएको बीबीसीले उल्लेख गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here