चुनावमा सहभागी हुन राजपा तयार,संशोधन विधेयक भोटिङमा लैजाने सहमति,

0
24

काठमाडौं, २७ साउन ।सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान (भोटिङ) हुनेछ । ‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ, राजपा नेता शरतसिंह भण्डारीले भने । उनका अनुसार यसै महिनाभित्र टुंगोमा र्पुयाउने गरी संशोधन विधेयक अघि बढाउने सहमति दलहरुबीच भएको छ ।

Comments

comments

LEAVE A REPLY