चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा ः वरिष्ठ नेता पौडेल

0
37

तनहुँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताउनुभएको हो ।  प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भन्नुभयो, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् ।

उहाँले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताउनुभयो । पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँगे्रस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राख्नुभयो । संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here