चेतना संरक्षण प्रतिष्ठानद्वारा ५ जना पुरस्कृत

0
158

विराटनगर, २७ माघ । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पा“चजना व्यक्तिलाई शनिबार पुरस्कृत गरेको छ । प्रतिष्ठानले १३ औं वार्षिकोत्सवका अवसरमा साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलार्य पुरस्कृत गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आप्mना आमाबुवाको स्मृतिमा स्थापित ‘धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ समालोचक डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरेको छ । यस्तै बालकिसन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार धर्मसंस्कृतिको क्षेत्रमा अविस्मरणीय योगदान पुर्याएका धनगढीका मनिराज जोशीलाई प्रदान गरेको छ । सो पुरस्कार समाजसेवी देवकिसन मुन्दडा र देवेनरा परिवारले स्थापना गरेको हो । त्यस्तै समाजसेवी दीनबन्धु गोयल र उषादेवी गोयलले आप्mना दाजुको सम्झनामा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी तथा एबीसी नेपालका अध्यक्ष दुर्गा घिमिरेलाई प्रदान गरेको छ । प्रतिष्ठानले वरिष्ठ पत्रकार दुर्गानाथ शर्मालाई ‘नरेश सुवेदी पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । समाजसेवी दिनेश सुवेदीले भाइको सम्झनामा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष साहित्यकार गंगा सुवेदीले आफ्ना आमाबुवाको नाममा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरेको छ । पा“चवटै पुरस्कारको राशि ५१÷५१ हजार र सम्मानपत्र रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here