च्याउ खेती बाट महिनामा एक लाख भन्दा बढी आम्दानी

0
126

विराटनगर, ११ जेठ । सिसवनी बडहराका केही किसान यतिबेला च्याउ खेतीमा ब्यस्त छन् । आम्दानीको श्रोत पहिचान गर्दै गएका किसानहरु ब्यवसायिक रुपमा कृषिमा लागेर कसैले राम्रो आम्दानी गरिसकेका छन् भने कसैले कोही किसान त्यही आम्दानीको बाटो पहिल्याउँदै अघि बढ्दै छन्  ।

च्याउ खेती गर्ने किसानहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छन् । ५ जनाको समुह बनाएर शुरु भएको च्याउ खेती गर्ने क्रम भर्खरै शुरु भएकको छ । शुरुको आम्दानी बजारमा पठाउने काम भईसकेको छ भने अरु च्याउन उत्पादनको क्रममा रहेको छ । स्थानीय सहकारीको अग्रसरतामा किसानहरुको च्याउ खेतीमा आकर्षण बढाउनको लागि समुह निर्माण भएको थियो ।  कतिले सामुहिक रुपमा च्याउ खेती गरेका छन् भने कतिपयले ब्यक्तीगत रुपमा च्याउ खेती गर्दै आएका छन्  । बुढीगंगा ६ का श्याम नारायण चौधरीले पनि च्याउ खेती गर्दै आउनु भएको छ ।

यस्ता गाउँका केही किसानले भर्खरै च्याउ उत्पादनको काम शुरु गरेका छन् भने कोही युवा गाउँमा च्याउ उत्पादन गरेरै मनग्गने आम्दानी समेत गरेका छन् । बिगत ३ बर्ष अगाडीदेखि ब्यवसायिक च्याउ खेतीमा लाग्नु भएका युवा किसान सरोज नेपालले अहिले गाउँका किसानहरुलाई तालिम दिने मात्र काम गर्नु भएको छैन च्याउ उत्पादनको लागि आबस्यक पर्ने बिउ समेत उत्पादन गर्दै आउनुभएको छ ।  जम्मा ४ कठ्ठामा च्याउ खेती गर्नु भएका नेपालले अहिले महिनामा एक लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । बिदेशबाट फर्किएपछि च्याउ खेतीमा लाग्नु भएका उहाँजस्ता धेरै किसानहरु अहिले ब्यवसायिक रुपमा च्याउ खेतीमा लागेका छन् । त्यसका लागि सरकारले समेत सहयोग गर्न आवश्यक छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here