च्याम्पियन्स ट्रफीमा बंगलादेशद्वारा न्यूजिल्याण्ड पराजित

0
78

काठमाडौ, २७ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल बनाएको थियो । २ सय ६६ रनको लक्ष्य पाएको बंगलादेशले १६ बल बाँकी रहँदै जित हात पारेको हो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ६३ रनको योगदान गरेका थिए । त्यसैगरी काने विलियम्सनले ५७, नेल ब्रुमले ३६, मार्टिन गुप्टिलले ३३ रन बनाए । बंगलादेशका लागि मोसाद्देक हुसैनले तीन विकेट लिए भने टस्किन अहमदले दुई विकेट लिए । मुस्तफिजुर रहमान र रुबेल हुसैनले एकरएक विकेट लिए । ब्याटिङतर्फ सुरु मै धर्मराएको बंगलादेशका लागि मध्यक्रमका ब्याट्सम्यानले टिमलाई सम्हालेका मात्र नभई जित नै दिलाए । ३३ रनको अवस्थामा बंगलादेशले ४ विकेट गुमाइसकेको थियो । तर पाँचौं विकेटका लागि २२७ रनको साझेदारी गर्दै बंगलादेशका शकिब अल हसन र महमदुल्लाहले जित दिलाए । हसनले ११४ र महमदुल्लाहले १०२ रन बनाए । यी दुबैबीचको कीर्तिमानी साझेदारीले बंगलादेश विजयी भएको हो । पराजयसँगै न्यूजिल्यान्डको च्याम्पियन्स ट्रफीको जारी सिजनको यात्रा समाप्त भएको छ । तीन खेल खेलिसकेको उसको जम्मा १ अंकमात्र छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here