छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई पक्राउ

0
52

सुनसरी, जेष्ठ १४ गते । सुनसरीको दुई स्थानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका ६ मुसरीटोलबाट तरकारीको बोराभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा लागुऔषधसहित कोशी गाउँपालिका ६ का करिमुल मियाँ पक्राउ परेका छन। मियाँलाई प्रहरी चौकी श्रीपुजब्दीको टोलीले नहरको बाटोबाट पक्राउ गरेको हो। उनले तरकारीको बोराभित्र लुकाई लागुऔषध डाइलेक्स डिसी २६ बोतल, टिडिजेसिक ईन्जेक्सन ६६ एम्पुल र स्पास्मोप्रोक्सिवन क्याप्सुल २१६ पिस ल्याउँदै थिए। को १ प ५९ नम्बरको मोटरसाइकल पछाडी रहेको तरकारीको बोरा चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको थियो। बरामद लागुऔषध, मोटरसाइकलसहित मियाँलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here