छुरा प्रहारबाट एक घाइते

0
78

बिराटनगर, भाद्र १४ मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित आरती स्टिल अगाडी मंगलबार छुरा प्रहारबाट एक ट्रक चालक घाइते भएक छन्। घाइते हुनेमा जिल्ला बारा पथलैया–१ घर भई ना ६ ख ३६४२ ननम्बरको ट्रकका चालक अनिल लामा रहेका छन्। लामालाई पुरानो रि सिविका कारण जिल्ला मकवानपुर घर भई हाल ना ६ ख १८८४ नम्बरका ट्रकका चालक अन्दाजी ३३ बर्षिय विशाल घिमिरेले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका लामाको बिराट मेडिकल अस्पताल गंगाचौकमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने घिमिरे इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्। यता मोरङकै बेलबारी नगरपालिका–२ गौतम टोलमा बस्ने ६५ बर्षिय दयाराम ऋषिदेबलाई सोही ठाउँका १६ बर्षिय कृष्ण ऋषिदेबले टाउकोमा धारिलो हतियार प्रहार गरेका छन्। हतियार प्रहारबाट घाइते दयारामको सामुदायिक अस्पताल बेलबारीमा उपचार भइरहेको छ भने कृष्ण ऋषिदेव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here