जंगली हात्ती लखेट्नेक्रममा एक घाईते

0
105

सुनसरी, असार २९ गते । सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्लालाई उपचारकालागी जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । हात्तीलाई बिहान ४ बजे इलाका प्रहरी कार्यालय लौकही, सीमा प्रहरी चौकी भाण्टाबारी, प्रहरी चौकी श्रीपुर र स्थानीय मानिसहरुको सहयोगमा जंगलतर्फ लखेटीएको उक्त कार्यालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here