जनताका सपना साकार बनाउन बिराटनगर महानगरपालीका अहोरात्र खटिरहेकोछ:प्रमुख भिम पराजुली

0
578

विराटनगर, १६ जेठ । जनताका सपना साकार बनाउन बिराटनगर महानगरपालीका अहोरात्र खटिरहेको प्रमुख भिम पराजुलीले बताउनु भएको छ। वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै प्रमुख पराजुलीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार बिराटनगर महानगरपागर लाई स्थायी राजधानी बनाउनका लागी बिकास निर्माणका काम तिब्र रुपले बढिरहेको उहाले बताउनुभयो । योजना अनुसार महानगरपालीकाले बजेट बिनियोजन गर्दा बिशेष गरेर शिक्षमा जोड दिईएको उहाको भनाई छ । उहाँले भन्नुभयो,‘बिराटनगमा रहेका सबै सामुदायीक बिधालयलाई स्तरोन्नती गरेर सुबिधासम्पन्न बनाईनेछ ।’ प्रमुख पराजुलीले बिराटनगरको बिकास निर्माणका काममा हुने लार्पबाहीलाई नियमित अनुगमन गरेर त्रुटी भेटिदा कार्बाही गरेर गुणस्तरीय कामका लागी निरन्तर आफु लागीरहेको बताउनु भयो । सम्पुर्ण नगरवासीका गुनासोलाइ ढिलो चाडो सम्वोधन गरी खुसी नगरवासी र समृद्ध नगर वनाउन आफु लागी पर्ने उहाको भनाई थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here