Tune to BFM 91.2|Biratnagar

जनस्वास्थ्यकर्मीको रक्तदान शिविर

विराटनगर, ३ साउन । नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ १ नम्बर प्रदेश कमिटिले आज विराटनगरमा रक्तदान शिविर आयोजना गरेको छ ।

तीनपैनीमा आयोजना गरिएको शिवीरमा जनस्वास्थ्यकर्मी महासंघमा आबद्ध प्रदेशभरिका स्वास्थकर्मीहरुले रक्तदान गरेका थिए ।

पछिल्लो समय विराटनगर महानगरपालिका सहित प्रदेश भरिका विरामीहरुले रगत अभावको समस्या झेल्नुपरिरहेको अवस्थालाई न्युनिकरण गर्न शिवीर आयोजना गरिएको अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ १ नम्बर प्रदेश कमिटि इन्चार्ज अन्जना पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button