जर्मनीको चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित

0
66

काठमाडौं, ९ असोज । जर्मनीको चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी छन् । जर्मनीमा भएको चुनावमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उहा निर्वाचित भए पनि संघीय चुनावमा उहाको पार्टी कन्जरभेटिभ सिडियु÷सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन । उहाको पार्टीले ३२ दशमलव ५ प्रतिशत मत ल्याउँदै संसद्को पहिलो पार्टी बन्ने देखिएको सर्वेक्षणहरुले देखाएका छन् । यसले संसद्मा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ । यो पछिल्लो ७० वर्षमा सिडियु÷सिएसयु पार्टीको संघीय चुनावमा सबै भन्दा खराब नतिजा हो । मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्रयाटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ । उसले जम्मा २० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । द नेसनलिस्ट एएफडी पार्टी संसद्मा तेस्रो पार्टी बन्ने देखिएको छ । उसले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गर्ने बताइएको छ । झन्डै ६ दशकको इतिहासमा नेसनलिस्ट पार्टी जर्मनीको संसद्मा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here