जर्मनी र चिलीले बराबरी खेल्दा क्यामरुन र अस्ट्रेलिया पनि बराबरीमै

0
62

काठमाडौं, ९ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका दुबै खेल बराबरीमा सकिएका छन् । दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । यो खेलपछि अलेक्सीस सान्चेज चिलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आर्सनलका खेलाडी सान्चेजले अहिलेसम्म देशका लागि ३८ गोल गरेका छन् । हिजो भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here