जहदामा राहत वितरण

विराटनगर, २५ चैत । मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य शुरु भएको हो ।

वडा कार्यालय ४ मा आज आयोजित कार्यक्रमकाबीच सो वडाका वडाध्यक्ष जयनरथ गिरीले राहत वितरण सुरु गर्नुभयो । कार्यक्रमअन्तर्गत वडाका ५ सय २ परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ केजी नुन र दुई प्याकेट दूधसहित साबुनसहितका सामग्री वितरण गरिएको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममाझ जहदा हटिया, जहदा फिल्ड, वडा कार्यालय छेउ र सार्वजनिक मावि पुर्वका बासिन्दालाई राहत वितरण गरिएको छ । जहदा ४ मा १६ सय बढी घरधुरी रहेकोमा आगामी दुईदिनभित्र ५ सय २ समेतगरि ११ सय ५० परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिने वडाध्यक्ष गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button