जापानमा बुलेट ट्रेनभित्र अन्धाधुन्ध चक्कु प्रहार, एकको मृत्यु, दुई घाइते

0
98

काठमाडौं, जेठ २७ । जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् ।चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् ।आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् ।टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here