जिससको मुख्यप्रसाशनिक भवन तत्कालका लागि प्रदेशसभालाई दिईने

0
53

विराटनगर, २६ बैशाख । जिल्ला समन्वय समिति मोरङले मुख्यप्रशासनिक भवन प्रदेश सभालाई दिने भएको छ । गत वैशाख २२ गतेको निर्णय अनुसार जिससको कार्यालय रहेको मुख्यप्रसाशनिक भवन तत्कालका लागि प्रदेश सभालाई उपलब्ध गराउने निर्णय गरिएको हो । जिससले आज पत्रकार सम्मेलन गरि प्रदेशसभा र प्रदेश सचिवालयसँगै एउटै भवनमा जिल्ला समन्वय समितिको कार्यालय सञ्चालन गर्न व्यवहारिक कठिनाई भएकोले पुर्व पट्टी रहेको भवनमा सर्ने प्रमुख नरेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । दुई साता भित्रमा पुर्व पट्टीको भवनमा सरिसक्ने उहाँले बताउनुभयो । लामो समय देखि प्रयोग विहिन अवस्थामा रहेको भवनको रंग रोकन, फर्निचर लगायतका काम गर्न दुई साता लाग्ने प्रमुख पोखरेलले बताउनुभयो । रंग रोकन, फर्निचर, विजुली लगायतका सम्पूर्ण कार्यको खर्च भने प्रदेशसभा र सचिवालयले उपलब्ध गराउने उहाँले बताउनुभयो । उहाँका अनुसार पुर्व पुट्टीको भवनमा सरेपछि प्रदेशसभा र प्रदेश सचिवालय प्रवेश मुख्यगेटबाट हुनेछ भने जिसस प्रवेश अलग्गै हुनेछ । जिल्ला समन्वय समितिको परिसर वरीपरि १ विघा ४ कठ्ठा ८ घुर जग्गा रहेको छ । केही समय यता प्रदेशसभा र जिसस एउटै भवनमा रहेकाले असुरक्षा बढेको गुनासो प्रदेशका मन्त्रीहरुले पनि गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here