जीप दुर्घट्नामा एकको मृत्यु चार जना गम्भिर घाइते

0
22

ताप्लेजुङ, २३ असोज । ताप्लेजुङमा तीर्थयात्री चढेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । आज बिहान ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा मोरङ उर्लावारी ४ की २५ वर्षीय अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यू भएको हो । दुर्घनामा अन्य ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा उर्लावारीकै अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र इलाम चमैता घर भएका चालक अमिक श्रेष्ठ घाइते भएका छन । घाइते चारैजनाको अवस्था गम्भीर रहेको बताईएको छ । घाइते मध्ये अनिलजंग थापा,होमराज घिमिरे र दिलिप घिमिरे एउटै परिवाका हुन । घाइते ४ जनालाई उपचारका लागि सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । जीप बिहान ८ः३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, गोलाईमा जीप मोड्ने क्रममा सडकबाट तल खसेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here