Tune to BFM 91.2|Biratnagar

जीवन विकास समाजको बाँझो जग्गामा खेती अभियान

विराटनगर, १९ भदौ । जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान शुरु गरेको छ । आज समाजको केन्द्रीय कार्यालय नजिक रहेको मोरङ कटहरीको करिव ५ कठ्ठा जमिनमा सामुहिक धान रोपेर अभियानको शुरुवात गरिएको छ ।

बाँझो खेतलाई उर्वर बनाउने उद्देश्यले जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान शुरुवात गरेको समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताउनुभयो ।

उहाँले बाँझो जमिनमा मौसम अनुसारको खेती गरिने बताउनुभयो । धान रोपाइँ कार्यक्रममा प्रदेश १ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत राजेन्द्र उप्रेती, समाजका अध्यक्ष मण्डल, जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, जीवन विकास समाज, लघुवित्त, स्थानीयवासीको सहभागिता रहेको जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका बरिष्ठ अधिकृत कुमोद मण्डलले जानकारी दिनुभयो ।

उहाँले आजदेखि शुरु भएको अभियान निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो । जीवन विकास समाजले बर्षैभरि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको मण्डलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button