जेठानी दिदीका हत्यारालाई १० वर्ष जेल

0
86

जेठानी दिदी कुटपीट गरी हत्याको अभियोग लागेका एकजनालाई जिल्ला अदालत भोजपुरले १० वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मार्ने मुद्धा लागेका टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५४ वर्षीय प्रमेश राईलाई १० वर्षको जेल सजायको फैसला गरेको हो। अभियुक्त प्रमेशले गत वैशाख २३ गते आइतबार घरायसी विवादमा आफ्नै जेठानी दिदी ५८ वर्षीया विद्या कुमारी राईलाई घाइते हुनेगरी कुटपीट गरेपछि भोजपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। टाउकोलगायत शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेकी उनको उपचार गर्दागर्दै मृत्यु भएपछि ज्यान मार्ने मुद्दा लागेका प्रमेशलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसमा १० वर्ष कैदको फैसला सुनाएको हो।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here