जेलका कैदी छाड्न थालियो

विराटनगर, १३ चैत । कोरोना भाईरसको संक्रमण जेलमा समेत फैलन खतरा भएपछि सर्वाेच्च अदालतको निर्देशनपछि विभिन्न जेलमा रहेका कैदीलाई छाड्न थालिएको छ । अदालतहरुले एक वर्षसम्म कैद भई भुक्तान गरिरहेका कैदीबन्दीलाई कारागारबाट छाड्न थालिएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को व्यवस्था बमोजिम उनीहरुलाई छाड्न थालेको उच्च अदालत विराटनगरले जनाएको छ । जिल्ला कारागार मोरंगमा एक वर्ष कैद भुक्तान गरिरहेका २२ जना कैदी छन् । १ जना छुटिसकेका छन् ।

१३ जना प्रकृयामा रहेको बताईएको छ । उच्च अदालत विराटनगरका उपसचिव मणिराम पोखरेलले त्यस्ता कैदीलाई अदालतमा उपस्थित गराएर आवश्यक कानुनी प्रक्रिया पुर्याई छाड्न थालिएको जानकारी दिनुभयो ।

अदालती प्रक्रियाबाट बाल सुधार गृहमा पठाइएका बालबालिकालाई पनि अदालतमा उपस्थित गराई अभिभावकलाई जिम्मा दिन थालिएको छ । बाल सुधार गृह विराटनगरका प्रमुख निलम चौहानका अनुसार अहिले सम्म चारजनालाई अभिभावकको जिम्मा लगाइएको छ ।

बाल सुधार गृहमा बालबिज्याईं सम्बन्धी मुद्दामा अदालतबाट फैसला भएका बालबालिकालाई राख्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *