Tune to BFM 91.2|Biratnagar

झण्डै २२ लाख मानिस संक्रमित

विराटनगर, ६ वैशाख । कोरोना भाइरसबाट विश्वभरका झण्डै २२ लाख मानिस संक्रमित भएका छन् । आज विहान सम्म विश्वका २२ लाख ४८ हजार ३७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

विश्वका १ लाख ५४ हजार १ सय २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ५ लाख ७० हजार ७ सयभन्दा बढि मानिस उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमण अमेरिकामा उच्च छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७ लाख ९ हजार बढिमा भाइरसको संक्रमण देखिएको छ ।

३७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । १ लाख ७२ हजारलाई संक्रमण देखिएको छ । स्पेनमा २० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ९० हजार जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको उत्पत्ति स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ । यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्यामा थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १४ हजार ३ सय नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १४ हजार ३ सय ५२ पुगेको हो । भारतमा चार सय ८६ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button