Tune to BFM 91.2|Biratnagar

झापाको भद्रपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, २ साउन । झापाको भद्रपुर नगरपालिका–१ सगरमाथा चोकमा टेम्पो र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१९ नम्बरको टेम्पो विपरीत दिशातर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरकोे ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिनु भयो ।

उनका अनुसार हिजो दिउँसो २ बजेतिर भएको दुर्घटनामा परेर टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टेम्पोमा सवार भद्रपुर–१ की ३८ वर्षीया छविमाया लिम्बू र ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको डिएसपी तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार छविमायाको घटनास्थलमै र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पतालमा दिउँसो ४ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर दुई जना सामान्य घाइते भएका छन् ।

घाइतेहरु टेम्पो चालक ४३ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षीय नरबहादुर लिम्बूको उक्त अस्पतालमै उपचार भइरहेको छ । डिएसपी तिमल्सिनाका अनुसार टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ । प्रहरीले दुवै सवारी सधान र ट्याक्टर चालक झापाको कचनकवल गाउँपालिका–३ का ३२ वर्षीय सारगसिंह राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button