झापामा ३६ जना डेंगु रोगी फेला, लार्भा नष्ट गर्न शुरु

0
146

झापा, २३ असोज । झापामा डेंगु रोगीको संख्या बढ्दै गएको छ । झापामा मात्र पछिल्लो समय ३६ जना डेंगु रोगी फेला परेका छन् । बिर्तामोडका हस्पिटलमा ती विरामी फेला परेका हुन् । जिल्लामा डेंगुको संक्रमण फैलिएको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिर्तामोडका विभिन्न अस्पतालमा ‘सर्भिलेन्स’ गरेको थियो । त्यसक्रममा सो तथ्याङ्क प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए । डेंगु संक्रमण बढेपछि नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले विर्तामोड नगरपालिकासँग सहकार्य गरी अभियान थालेको छ । अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा लामखुट्टेका लार्भा नष्ट गर्न शुरु गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here