टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर सहित तीनजना पक्राउ

0
70

विराटनगर १९ शनिवार विराटनगर महानगरपालिका अन्तरगत नगरक्षेत्रको महेन्द्रचोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त सहित तीन जनालार्इ आज विराटनगरवाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही निर्माण सेवाका सुपरभाइजर विनय साह र एक जनाको नाम भने खुल्न सकेको छैन । विराटनगर महानगरका मेयर भीम पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले सिमेन्टनै नमिसाई वालुवाको जोडाइ गर्दे गरेको भेटिएपछी निर्माणमा सम्लग्नहरुलाई प्रशासनिक कार्वाहीका लागी सिफारिस गरेलगत्तै उनीहरु पक्राउ परेका हुन । विराटनगर महानगरले प्रशासनिक कारवाही गर्नका लागि जिल्लाप्रशासन कार्यालय मोरङलाई शनिवारनै अनुगमनस्थलवाटै पत्राचार गरेको थियो । यसको केही समयमै प्रहरीले निर्माणमा सम्लग्नहरुलाई पक्राउ गरेको थियो । महानगरले प्रशासनीक कारवाहीका लागि गरेको पत्रमा टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा,सोही कम्पनीका मेनेजर रवि पन्त ,सुपरभाइजरद्धय संजय रजक , विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई यथासिघ्र पक्राउ गरी प्रशासनिक कार्वाही गर्न भनिएको छ । उक्त पत्रको बोधार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाएको छ । पटक पटक व्यपारिक मार्ग विस्तार आयोजन महेन्द्र चोक देखी वरगाच्छीको भागमा गुणस्तर हिन काम र हरेक विकासमा ढिलाई भएका कारण पक्राउका लागि सिफारिस गर्नु परेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो । उहाँले ठेकेदारले कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोहीलाई नछाड्ने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here