टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिता शुरु

0
37

विराटनगर , पुस ३०
२२ औं अन्तर विद्यालय स्तरिय टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिता आज देखि विराटनगरमा शुरु भएको छ । जुनियर जेसिज विराटनगरको आयोजनामा शुरु प्रतियोगिता अन्र्तगत आज भएको पहिलो चरणको खेलबाट जेम्स इन्टरनेशल बोर्डिङ स्कुल र सगरमाथा बोर्डिङ स्कुल तथा दोश्रो चरणबाट पोलस्टार स्कुल तथा एभरेस्ट बोडिग स्कुल सेमीफाईनल प्रवेश गरेको छ । प्रतियोगितामा ३६ वटा विद्यालयको सहभागिता रहेको छ । जुनियर जेसिजका अध्यक्ष सनराईज चौधरीको अध्यक्षतामा शुरु प्रतियोगिताको क्वीज मास्टरका रुपमा जुनियर जेसिजका संस्थापक अध्यक्ष सन्देशदास श्रेष्ठ र जुनियर जेसिजका पुर्व अध्यक्ष सन्दिपदास श्रेष्ठ रहनु भएको थियो । प्रतियोगिता अन्र्तगत भोली १२ वटा विद्यालयवीच प्रतिस्पर्धा हुनेछ । माघ ३ सेमीफाईनल चरणका खेलहुरु हुने र माघ ४ गते प्रतियोगिताको फाईनल खेल हुने कार्यक्रम संयोजक नितेश मैनालीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here