Tune to BFM 91.2|Biratnagar

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर, १६ असोज । मोरङको उर्लाबारीमा ट्रकले ठक्कर दिँदा आज बिहान मोटरसाइकल चालक उर्लाबारी नगरपालिका–९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको छ ।

जोरबाटोस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ नम्बरको मालबहाक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लिम्बूको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

ट्रकले मोटरसाइकललाई बिहान ६ः४० बजेतिर ठक्कर दिएको थियो । ट्रक चालक मोरङको रतुवामाई नगरपालिका–१० का २४ वर्षीय रेवतप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button