ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिने संकेत

0
123

वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् ।चार दिनपछि जुन १२ मा सिंगापुरमा हुने छलफल राम्रो भएमा यसबारेमा विचार गर्न सकिने ट्रम्पले बताएका हुन् । किमसँग हुने वार्ताबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको छलफलमा ट्रम्पले यो संकेत गरेका हुन् ।कोरियाली युद्ध अन्त्यका लागि सम्झौता सम्भव रहेको भन्दै ट्रम्पले त्यसपछि के हुन्छ भन्ने विषयले पनि महत्व राख्ने उल्लेख गरे ।अमेरिका र उसका क्षेत्रीय मित्रहरुले उत्तर कोरियाले परमाणु कार्यक्रम छाड्नुपर्ने बताउँदै आए पनि यो एक बैठकबाट सम्भव नहुने भन्दै ट्रम्पले यसका लागि केही लामो समय लाग्ने उल्लेख गरे ।जापानी प्रधानमन्त्री आबेले भने आफ्ना केही नागरिकलाई बन्धक बनाएको विषयमा उत्तरकोरियासँग सिधा कुरा गर्न चाहेको बताए ।उत्तर कोरियाले १९७० र १९८० को दशकमा थुप्रै जापानी नागरिकलाई अपहरण गरेको थियो । आबेले उत्तर कोरियाले सही मार्ग समातेमा उसको भविष्य उज्ज्वल रहेको पनि उल्लेख गरे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here