ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

0
130

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग–उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ । उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्। । ऐतिहासिक भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनले एक दस्तावेजमा हस्ताक्षर समेत गरेका छन्। । दस्तावेजमा उल्लेख विषय केहीबेर पछिको संयुक्त पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको एजेन्सीहरूमा उल्लेख छ । ट्रम्पले सो वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन्। । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक भेटवार्ता भएको हो । वार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागीता रहेको थियो । दुई नेताबीच भएको ४५ मिनेट लामो गेप्य भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास हुनुका साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here