Tune to BFM 91.2|Biratnagar

ट्रयाक्टरको ठक्करबाट एक पुरुषको मृत्यु

विराटनगर, १० साउन । मोरङको कटहरी गाउँपालिका–१ स्थितभित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट आज बिहान एक पुरुषको मृत्यु भएको छ ।

साइकलमा यात्रा गरिरहेका जहदा गाउँपालिका–५ का ५० वर्षीय विलट राजभरवको इँटा लोड गरेको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो ।

ठक्कर दिने को २ त १३७६ नम्बरको ट्रयाक्टर एसीसी इँटा भट्टाको रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक फरार रहेका कारण खोजी भइरहेको डीएसपी थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button