ट्राफिक प्रहरीमाथि कुटपिट

0
64

विराटनगर, २३ असोज । विराटनगरमा एक सिटी सफारीका चालकले ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि आज कुटपिट गरेका छन् । कोसी अञ्चल अस्पताल अगाडि ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान सुवोध यादवमाथि कुटपिट भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । ट्राफिकलाई कुटपिट गर्ने सिटी सफारी चालक विराटनगर १६ का २२ वर्षीय अजय कामतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । बिसीका अनुसार अस्पतालमा आवतजावतलाई नै अवरोध गर्ने गरी सिटी सफारी पार्किङ गरेर राखेको विषयमा दुई पक्षबीच विवाद भएको थियो । अस्पताल अगाडि सफारी पार्किङ गरेर राख्न नपाइने भन्दै ट्राफिक जवान यादवले हटाउन आग्रह गर्दा चालक कुटपिटमा उत्रिएको एसपी बिसीले बताउनु भयो । कामतले ट्राफिक जवान यादवलाई मुक्का प्रहार गरेको उनले बताए । कारवाही प्रक्रिया अगाडि बढाउन घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here