Tune to BFM 91.2|Biratnagar

ठुलो भाग पाउने आशले आफु विरुद्ध अविश्वास ल्याईयो – मुख्यमन्त्री राई

विराटनगर, २८ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार नालायक भएर अविश्वासको प्रस्ताव नआएको बताउनु भएको छ । उहाँले भन्नुभयोे,‘सरकारले काम गर्न नसकेर, मुख्यमन्त्री अयोग्य भएर पनि आएको हैन ।’ गलत नियतहरु ढाकछोप गर्न र ठुलो भाग पाउने आशाले आफु विरुद्ध अविश्वास प्रस्ताव ल्याईएको उहाँको जिकिर छ । प्रदेशलाई भत्काउने चाहना भएकाहरुले ल्याएको अविश्वास प्रस्तावको सामना गर्न आफु तयार रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयोे,‘ अविश्वास प्रस्तावको सामना गरेर अघि बढ्छु ।’ विराटनगरमा आज राष्ट्रिय बालअधिकार परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री राईले भन्नुभयोे,‘ रातारात, हतारोमा अविश्वास प्रस्तावको प्रयास गरियो ।’ पछिल्लो घटनाक्रमले अन्यौलता देखिएपनि अविश्वास प्रस्तावको सामना गरेर प्रदेश १ लाई अन्यथा हुन नदिने उनले दावी गर्नुभयोे । संघीयतालाई संस्थागत गर्न मुख्यमन्त्री भएर आएको उनले बताए । उहाँले भन्नुभयोे,‘ प्रदेशमा केही योगदान गर्न आएको हुँ ।’ परिस्थिति चाँडै सङ्लिने उनको भनाई छ । जनताले चाहेको राजनीतिक स्थायीत्वको चाहनाको यात्रालाई निरन्तर अघि बढाईने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयोे,‘ कल्पना नगरेको परिस्थिति आईलागेको छ, सामना गर्छु ।’ सरकारलाई घेरावन्दीमा पारेर देशलाई अस्थिरता र अराजकताबाट धकेल्ने काम भएपछि प्रधानमन्त्री ताजा जनादेशमा जानु परेको उहाँले बताउनुभयो । अहिले केही अन्यौलता देखिएपनि छिट्टै सही ट्रयाकमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयोे,‘ परिस्थिति नयाँ ढंगबाट विकास भएपनि छिट्टै सहि ट्रयाकमा आएर देश विकास र संबृद्धिको यात्रामा अघि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button