डिभिजन टू ः नेपालले आज क्यानडासँग खेल्दै

0
237

काठमाडौं, २ फागुन । नेपालले विश्व क्रिकेट लिग डिभिजन टू को निर्णायक खेलमा आज क्यानडासँग खेल्दैछ । एक दिवसीय विश्वकप छनौटमा स्थान बनाउनका लागि नेपालले बुधबार क्यानडालाई पराजित गर्नुपर्ने दवाव छ । खेल नेपाली समयअनुसार सवा १ बजे हुँदैछ । शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले क्यानडालाई हराउनै पर्ने दवाव बढेको हो । हिजो भएको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोस्रो स्थानमा उक्लिएपछि नेपाल तेस्रोमा झरेको छ । समान ४ खेल खेल्दै ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ । नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । आज खेल जित्न नसके नेपाल डिभिजन टू मै रहने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here