डीआईजी ईश्वरबाबु कार्कीको स्वागत तथा दिपावली

विराटनगर २६ वैशाख । प्रदेश नं एकमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख डीआईजी ईश्वर बाबु कार्कीलाई विराटनगरका उद्योगी ब्यवसायीले स्वागत गरेका छन ।

हिजो मोरंग व्यापार संघको प्राङ्गणमा कार्कीको स्वागत गरेको हो ।यसैविच बुद्ध जयन्तीको अवसरमा हिजो साझ सामाजिक दुरी कायम गर्दै साझ ७ः०० बजे दीपावली गरेको थियो ।

कार्यक्रममा मोरग ब्यापारसंघका अध्यक्ष प्रकाश मुन्दडा, पूर्व अध्यक्ष महेश जाजू , निवर्तमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, विशेष सल्लाहकार सुनिल टिवडेवालाज्यू, लगाएत संघका कार्यकारिणी सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button