‘डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भोग्नुपर्ने छ’ अरब नेताहरु

0
41

काठमाडौं, २० मंसिर । अरब देशका नेताहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आज जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरु क्रूद्ध बनेका हुन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस टेलिफोनमार्फत दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् । इजरायलस्थित अमेरिकी दूतावास जेरुशलम सारिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी उनीहरुले दिए । प्यालेष्टायनी नेता महमूद अब्बासले यसको गम्भीर परिणाम हुने चेतावनी दिएका छन् भने सउदी अरबका सुल्तान सलमानले यो कदम चालिए विश्वभरका मुसलमान भड्कने चेतावनी दिए । जोर्डनका सुल्तान अब्दुल्लाले अमेरिकी निर्णयले सारा मुस्लिम समुदायलाई भड्काउने भन्दै आफूहरु जेरुशलमलाई इस्लामी स्थलका रुपमा संरक्षण गर्न लाग्ने प्रष्ट गरेका छन् । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here