तरकारी खेतीप्रती आत्मनिर्भर बन्दै

0
117
?????????????????????????????????????????????????????????

विराटनगर असार २
तरकारी खेतीप्रती आत्मनिर्भर बनाउन मोरङको वुढिगगां गाउपालिका–६ मा संचालित मौसमी तथा वेमौसमी तरकारी तथा फलफुलखेती तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।सांसद विकास कोष, जनशक्ती तथा सामुदायिक विकास केन्द्र विराटनगर र जिल्ला समन्वय समिति मोरङको सहयोगमा भएकोे सात दिने तालिम कार्यक्रममा अर्गानिक तरकारी खेतीको वारेमा सहभागी हरुलाई जानकारी गराइएको थियो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव सांसद डाक्टर शेखर कोइरालाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र तथा कृषि औजार वितरण गर्नु भएको थियो । कार्यक्रममा वोल्दै नेता कोइरालाले तालिममा सिकेको ज्ञानलाई सही प्रयाोग गरेर व्यावसायिक तराकारीखेतीमा लाग्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
तालिममा सहभागी महिलाहरुले तरकारी खेतीवाट मनग्गे आम्दानी लिन सक्ने भएपछी सांसदको कोषवाट तालिममा थप रकम सहयोगनगर्ने उहाको भनाई थियो ।तालिममा सो गाउपालिकाको ४, ५ र ६ नम्वरवर्डाका दुईदर्जन महिलाहरुको सहभागिता रहेको थियो । तालीमा सहभागीहरुलाई नवराज मैनालीले प्रशिक्षण दिनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here