तराईमा अझै केही दिन हुस्सु र शीतलहर

0
27

काठमाडौं, २४ पुस । तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो । डिसेम्बरको अन्तिम देखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो । अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो । बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् ।
…………….

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here