Tune to BFM 91.2|Biratnagar

तीन किलो गाँजासहित पाँच जना पक्राउ

विराटनगर, ८ भदौ । प्रहरीले मोरङको केराबारीबाट चार दिनको अवधिमा तीन किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–६ बाट प्रहरीले केराबारी–७ का २३ वर्षीय भरत राईलाई दुई किलो गाँजासहित हिजो साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक दीपक बराल नेतृत्वको टोलीले राईलाई पक्राउ गरेको हो ।

राईले धनकुटाबाट ग्रामीण क्षेत्र हुँदै गाँजा तराईतिर ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । केराबारीकै खदम खोलाबाट बिहीबार एक किलोग्राम एक सय ग्राम गाँजासहित चार जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २१ वर्षीय सुमन कार्की, १८ वर्षीय सरोज विक, २० वर्षीय आशिष दास र भुवन मण्डल रहेका छन् । उनीहरुले पनि बिक्रीकै लागि गाँजाको ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button