Tune to BFM 91.2|Biratnagar

त्रिभुवन विश्वविद्यालयको अभिमुखीकरण

विराटनगर ११ फागुन । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयले विराटनगरमा त्रिवि अन्तर्गत बिए मानविकी संकाय चारवर्षे कोर्ष अध्ययन सम्बन्धमा दुई दिने अभिमुखीकरण एवं पुनर्ताजकी कार्यक्रम सुरु गरेको छ ।

विश्वबिद्यालयका रजिस्टार तथा डिनको उपस्थितिमा स्नातकोत्तर तथा चौथो सेमेष्टर तह पहिलो वर्ष र वीसीए दोस्रो, तेस्रो, सेमेष्टरको नयाँ पाठयक्रममा केन्द्रीत रहेर अध्यापन गर्न कार्यक्रम आयोजना गरिएको मानविकीशास्त्र संकायका डीन प्राज्ञ डा.शिवलाल भुसालले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नंः १ र २ बाट मानविकी तथा सामाजिक शास्त्र संकायका प्रध्यापकहरुको सभागिता रहेको छ ।

कार्यक्रममा नयाँ प्रविधिसंग केन्द्रीत रहेर अध्यययन अध्यापन गर्न प्राध्यापकहरुलाई त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहालले सुझाव दिनु भएको छ । यतिखेर विद्यार्थीहरु सूचना प्रविधिमा अगाडी रहेकाले प्राध्यापकहरु पनि सूचना प्रविधमा अगाडि बढनु जरुरी रहेको रजिष्टार दाहालले बताउनु भयो । उहाँले पठनशैलीमा सुधार ल्याउनुका सट्टा बरु पढाउन अल्छी गर्ने बहना निकै चर्चामा रहेको भन्दै यसलाई सुधार गर्नु पर्नेमा जोड दिनु भयो ।

अभिमुखीकरण एवं पुनर्ताजकी कार्यक्रममा सहभागि प्राध्यापकहरुलाई कार्यक्रम मार्फत भोलिसम्म प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्राज्ञ डा. अम्मराज जोशी, प्राज्ञ डा. देवीप्रसाद गौतम, त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयका उप–निर्देशक डा. शकंर भण्डारी लगायतले सहजीकरण गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button